२०८१ बैशाख १० गते सोमवार

तुलसीपुरमा ‘खुल्ला रक्तदान’


तुलसीपुर,चैत ३ । रगत मानव जीवनको लागि अत्यावश्यक छ । रगत अभाव हुन नदिन दाङ युवा -युवती हरु दाङमा स्व–इच्छाले रगत दान गरिरहेका छन्।

आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प भनेकै रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ ।

बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन लगायतका कारणले रगतको माग आकाशिएको छ । । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् ।

यही समस्यालाई समाधान गर्न एच.आर.मिडिया हाउस प्रा.लि तुलसीपुर, दाङको आयोजना र ग्लोबलओरिन्शको शाखा कार्यालय तुलसीपुरको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको एच.आर.मिडिया हाउस प्रा.लि तुलसीपुर अध्यक्ष्य तथा रक्तदाता एच.आर मगरले बताए ।

समाजमा अझै पनि रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकार नभएको उनले बताए ।

यस्तै खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथि तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जीवनको सर्वोत्तम कार्य रक्तदान ले जीवन बचाउन मदत गर्ने बताए ।

मानवताकाे सेवा नै, जीवनकाे सर्वोत्तम कार्य हाे,पुण्य काम को लागि मानवले मानवको जीवन बचाउन सक्नु पर्छ,उनले भने ।

रगत व्यवस्थापनका लागि गाउँपालिकाबाट १ लाख रुपैया बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा युथ अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले ब्लड बैंक हरुमा रगत अभाव हुन नदिन युवा साथीहरुले गरेको कार्यको प्रशंसा गरे ।
रगत अभावमा कसैले प्राण त्याग गर्नु हुँदैन,उनले भने,सबै जनाले रगत अभाव हुन नदिन सहयोग गर्नुपर्छ ।

रगतको अभावले विभिन्न प्रकोप, धेरै गर्भवती तथा सुत्केरी महिलाहरुको अकालमा मृत्यु भएको खबर सुनेको हुनाले आफूलाई रगत दान गर्न इच्छा भएको ग्लोबल ओरेनसका अस्मिता चौधरीले बताइन ।

खुल्ला रक्तदानमा ४६ जनाले रगत दान गरेका थिए । जसमा १३ जना महिला र ३३ जना पुरुष रहेका थिए ।

रगत दान गर्नेहरुमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष्य प्रमोद बस्नेत, युवा व्यवसायी अरुण लहरे, दीपक जंग क्षेत्री लगायतका रहेका छन ।
ग्लोबल ओरेन्सका मनोज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शान्तराज सेन्चुरीले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *