२०८१ असार ८ गते शुक्रवार

इप्रका तुलसीपुरमा नौ महिनामा झण्डै ४ सय मुद्धा दर्ता,२२८ वटा मुद्धा फच्यौट

सूचनाको सहज पहुँचका लागि इप्रका तुलसीपुरमा मोवाइल सेट

तुलसीपुर,चैत ३ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा चालु आर्थिक वर्षको ९ महिनामा विभिन्न प्रकृतिका झण्डै ४ सय मुद्धा दर्ता भएका छन ।

चालु आर्थिक बर्ष २०८०÷०८१ को साउन महिना देखी फागुन मसान्तसम्म विभिन्न प्रकृतिका ३ सय ९७ वटा मुद्धा दर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) ठाकुर प्रसाद पोखरेलले जानकारी दिए । जस अन्तर्गत कार्यालयमा अभद्र व्यवहार गरेको भन्दै ६५ वटा मुद्धा दर्ता भएका छन ।

त्यस्तै बैकिङ् कसुर ४७,झुण्डी आत्महत्या ४७,भवितव्य ज्यान ३०,सार्वजनिक शान्ति कसुर ३०,सवारी ज्यान सवारी भवितव्य १९,फुटकर ज्यान १८,चोरी १५,विष सेबन गरि आत्महत्या १२,बहुविवाह ११,ज्यान मार्ने उद्योग १२,जवरजस्ती उद्योग ८,लागु औषध ६,अपराधिक लाभ ५,कतव्य ज्यान ५,आत्महत्या दुरुत्साहन ३,मुद्रा सम्बन्धी कसुर २, सरकारी दस्तखत किर्ते २,अपराधी उपद्रव २,ठगी २,बालविवाह तथा जवरजस्ती करणी १,अपहरण शरिर बन्धक तथा जवरजस्ती करणी १,बाल यौन दुरुपयोग १,कुटपिट अंगभग १,साइवर अपराध १,मानव बेचविखन १,बालविवाह १,जुवा १ वटा गरि ३ सय ९७ मुद्धा दर्ता भएको डिएसपी पोखरेलले जानकारी दिए ।

उनले यी मध्य २ सय २८ वटा मुद्धा फच्यौट भैसकेको र ५६ वटा मुद्धा अनुसन्धानकै क्रममा रहेको बताए । कार्यालयमा केही पुराना र नयाँ गरि हाल १ सय १३ वटा मुद्धा पेन्डिङमा रहेका छन । त्यस्तै लागु औषध सम्बन्धी ६१ वटा मुद्धा परेकोमा ६० मुद्धा फच्यौट भैसकेका छन भने १ वटा फच्यौट हुन बाँकी छ ।

तुलसीपुरमा चालु आर्थिक बर्षको हालसम्म २ सय ७२ वटा निवेदन दर्ता भएका छन । । जसमा घरेलु हिंसा अन्र्तगत ४२ वटा निवेदन परेकोमा ४० वटाको मिलापत्र भएको छ भने २ वटा बाँकी रहका छन् । यस्तै सामाजिक हिंसा अन्र्तगतका ३ सय २२ वटा निवेदन आएकोमा १ सय ३१ वटामा मिलापत्र गरिएको छ भने १ सय ९१ वटा बाकी रहेका छन् । त्यसैगरी खोजतलास सम्बन्धी २ सय ७९ वटा निवेदन आएकोमा २ सय वटा मिलापत्र भएको र ७९ वटा बाकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पोखरेलले जानकारी दिए ।

शुक्रवार शान्ति सुरक्षा तथा समसामहिक विषयमा संचारकर्मीसंगको भेटघाट अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । त्यस अवसरमा उनले सूचनाको सहज पहुँचका लागि विभिन्न कार्यहरु गरेको बताए । प्रहरीले यसलाई नवीनतम कार्य भनेको छ ।

नवीनतम कार्यहरु सुनाउदै डिएसपी पोखरेलले इलाका प्रहरी कार्यालय कक्षमा रहेका धुनुवाहरुको लागि पुस्तकालय राखिएको, मोवाइल गाडीको लागि, ं क्यूआर, राप्ती प्रादेशिक अस्पतालको लागि र उजुरी शाखाको लागि छुट्टा छुटै मोवाइल सेट र मोवाइल नम्वरको व्यवस्था गरेको उनको भनाई छ । कुनै घटनाभएमा सम्पर्क गर्न र सहजै सूचना आदान प्रदान गर्न ४ स्थानमा मोवाइल सेट राखिएको उनले बताए । मोवाइल गाडीको लागि ९७६४३४७९४५, क्यूआरको लागि ९७६४३४७९४४, राप्ती प्रादेशिक अस्पतालको लागि ९७६४३४७५६३, र उजुरी शाखाको लागि ९७६४१९५९६६ मोवाइल सेट राखेको राखिएको छ । कहि कसैले केहि जानकारी दिन खोज्यो तथा घटना घटेर प्रहरीलाई खवर गर्नु परेमा यो नम्वरमा जानकारी दिन र लिन सकिने उनले जानकारी दिए ।

‘अव केहि जानकारी दिन तथा सूचना लिन १०० र कार्यालय प्रमुखलाई खोज्नु पदैन आवश्यक कामका लागि मोवाइलमा जान बुझन पाइन्छ –उनले भने ।’ पोख्रेलले सानो तिनो कामका लागि कार्यालयमै आउने र आफुलाई सोध्नु नपर्ने बताए । ‘उजुरीको विषयमा केहि जानकारी लिनु परे उजुरी शाखाकोको नम्वर छ, केहि घटना भयो भने मोवाइल गाडीका लागि पनि नम्वर छ अव कार्यालयमै जानकारी गराउनुपर्छ भन्ने होइन सहज छिटो र छरितो सूचना लिन दिन सकिन्छ उनले भने ।’

त्यस्तै पोख्रेलले आफ्नो अल्पकालिन योजनामा कार्यालय परिसरमा शुद्ध पिउने पानीको लागि युरो कार्ड राख्ने, प्रहरी कार्यको सूचना प्रवाहको लागि डिजिटल बोर्ड राख्ने, क्यूआरको लागि मोटरसाइकल २ वटा थप गर्ने, महिला बालबालिका शाखाको भवन लगायतका योजना रहेको सुनाए ।

इलाका प्रहरी कार्यालय तुलसपुरको मातहतमा ४ वटा अन्य इलाका प्रहरी कार्यालय रहेका छन भने ५ वटा प्रहरी चौकी र ९ वटा अस्थायी प्रहरी चौकी रहेका छन ।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *