दाङका शिक्षकले यहाँका दश वटै स्थानीय तहहरुमा धर्ना दिएका छन् ।
सरकार संग भएका २६ बँुदे माग पुरा हुनु पर्ने माग गर्दै शुक्रवार जिल्लाका शिक्षकहरुले स्थानीय सरकारको कार्यालय अगाडि धर्ना दिएका हुन । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले स्थानीय सरकार मार्फत दवाव सृजना गर्न धर्ना दिनु परेको जानकारी दिएका छन् । यो उनीहरुको तेश्रो चरणको आन्दोलन हो ।
देशलाई आवस्यक पर्नै योग्य जनशक्ति उत्पादनमा आफुहरुको महत्वपुर्ण भूमिका रहँदै आएको भएपनि सरकारले त्यो अनुरुपको व्यवहार नगरेको शिक्षक महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्काले गुणसो गरे ।
कूल गार्हस्थ उत्पादनको ४ प्रतिसत रकम शिक्षा क्षेत्रमा खर्च गरीनुपर्ने, आधारभूत तहसम्मको शिक्षा अनिबार्य र माध्यामिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने, बिद्यालय शिक्षाको सुधार संबिधान अनुसार गर्नुपर्ने, संघीय शिक्षा ऐन संसोधन , सरकार संग बिगतमा भएका समmैताहरुको कार्यान्वयन गर्नु पर्ने, अस्थायी शिक्षकहरुलाई प्रकृया पुरागरी स्थायी गरिनुपर्ने लगाएतका २६ बुँदे मागहरु उनीहरुले अघि सारेका छन् ।
तेश्रो चरणको आन्दोलन अन्तर्गत शुक्रवार दशैभरीका सबै स्थानीय तहहरुमा धर्ना दिएको र आगामी दिनमा प्रदेश एवं केन्द्रमा आन्दोलन चर्काउने आन्दोलनरत शिक्षकहरुले चेतावनी दिएका छन् ।