२०८३ असार २८ गते आइतवार

टी-२० सिरिजको उपाधि : आज नेपाल र पीएनजी भिड्दै


काठमाडौं ,फागुन ३० । हङकङमा जारी त्रिकोणात्मक टी२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पिएनजी) खेल्दै छन् । फाइनल खेल आज बिहान पौने १२ बजे सुरू हुनेछ ।

पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो ।

लिग चरणको खेल सकिँदा नेपालले ३ अंक र पीएनजीले २ अंक जोड्दा हङकङले १ अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।

नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टीम अंक बाडेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *