दाङ,फागुन २८ । दाङमा बसको ठक्कर बाट एक जनाको मृत्यु भएको छ ।
लमही नगरपालिका–४ निवासी करिब ४० बर्षिय हरिप्रसाद पौडेलको बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिदा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
साइकलमा घर फर्कदै गर्दा लमही नगरपादिलका–३ वनगाउँ नजिक बेलुकी ६ वजे पौडेललाई बसले ठक्कर दिएको थियो ।
घाईते पौडेललाई उपचारको लागी लमही अस्पताल पु¥याईएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार