२०८३ भाद्र ११ गते बिहिवार

सांसद न्यौपानेले गरे धनखन्य कोलकाटे सिँचाई कुलोको अवलोकन

तुलसीपुर,फागुन २८ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ धनखन्य स्थित धनखन्य कोलकाटे सिंचाई कुलो निमार्ण सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश सरकारको ३० लाख सहयोगमा उक्त सिंचाई कुलो निमार्ण सम्पन्न भएको हो । कच्ची कुलोका कारण त्यहाँका स्थानीयवासीले वर्षौ देखि निकै सास्ती भोग्दै आएका थिए । अहिले पक्की सिंचाई कुलो निमार्ण भएपछि स्थानीयवासीमा खुसी छाएको छ ।


लुम्बिनी प्रदेशका सांसद प्रचण्ड बिक्रम न्यौपाने (गुण्टु) को पहलमा निमार्ण सम्पन्न भएको धनखन्य सिंचाई कुलोको सोमवार सांसद न्यौपाने,तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडा सदस्य शितल बुढा,नेपाली कांग्रेस तुलसीपुर–१८ का सचिव बिदुर गौतम लगाएतको टोलीले कुलोको अनुगमन तथा अवलोकन गरेका छन ।


त्यस क्रममा स्थानीयवासी तथा युवा सघं तुलसीपुर नगर अध्यक्ष गोविन्द नेपालीले आफुहरुले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीले आफ्नो नाउमा रहेको बताएको र नापजाँच गरेर गएपछि आफुहरु चिन्तामा रहेको कुरा सांसद न्यौपानेलाई सुनाए ।

उनीहरुले पक्की सडक नहुँदा वर्षाको समयमा पैदल यात्री,विद्यार्थीहरुलाई आवतजावत गर्न निकै समस्या हुने भन्दै पक्की बाटो,कल्भर्ट निमार्णमा प्रदेश सरकारबाट बजेट बिनियोजन गरिदिन आग्रह समेत गरे ।

तस्विर ः बिदुर गौतम ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *