२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुरमा हुन लागेको संस्कृति ज्ञान परिक्षाको तयारी पुरा


शरद रेग्मी,तुलसीपुर,फागुन २८ । दाङको तुलसीपुरमा फागुनको ३० गते हुन लागेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षाको तयारी पुरा भएको छ ।

संस्कृति ज्ञान परिक्षामा यस क्षेत्रका करिब बाह्र सय विद्यार्थीहरुको सहभागिता रहने हिन्दु स्वयंसेवक संघ नेपाल दाङका अध्यक्ष किशोर चन्द्र गौतमले जानकारी दिए ।

तुलसीपुरको अरणिको मैदानमा बिहान ११ बजे देखि परिक्षा सुरु हुने कार्यतालिका सार्बजनिक भएको परिक्षाका सञ्चालन समितिका संयोजक प्रमोद कुमार न्यौपानेले जानकारी दिए ।

परिक्षामा प्रथम हुने विद्यार्थीले नगद १५ हजार पुरस्कार प्राप्त गर्नेछन ।
त्यसैगरि दृतियले १२ हजार र तृतिय स्थान हासिल गर्ने विद्यार्थीले नौ हजार रुपैया प्राप्त गर्ने छन ।

त्यसैगरि पच्चिस जना विद्यार्थीहरुले सान्तोना पुरुस्कार स्वरुप १ हजारका दरले नगद रुपैया प्राप्त गर्नेछन ।

परिक्षामा सहभागी हुदा प्रत्यक बिधालयले एकजना शिक्षक बिधार्थिहरुको प्रबेश पत्र सहित अनिवार्यरुपमा सहभागि गराउन समेत आयोजकले आग्रह गरेको छ ।

पूर्विय दर्शन,हिन्दुत्व,हाम्रो परम्परा र धर्म सस्कृतिको प्रचार प्रसार र प्रबर्दन गर्ने मुख्य उदेश्य सहित देश भर सुरु भएको विवेकानन्द संस्कृति ज्ञान परिक्षामा यस क्षेत्रमा पनि उत्साहजनक सहभागिता रहने अपेक्षा आयोजकले लिएको छ ।

कार्यक्रमलाई उदघाटन गर्न जनजाति कल्याण आश्रमका केन्द्रिय महासचिब प्रेम थुलुङ तुलसीपुर आउने कार्यक्रम तय गरिएको छ ।

यसैबिच कार्यक्रममा सहभागी भैदिनका लागि आयोकले सरोकारवाला सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *