दाङ,फागुन २८ । दाङ जिल्लामा हवाइ सेवा भर्खरै सुरुआत भएको अवस्था होइन, पश्चिम नेपालकै पुरानो विमानस्थल हो दाङ एयरपोर्ट । अचेल यसलाइ वोलिचालिको भाषामा मात्रै टरीगाउ विमानस्थल भनिन्छ ।
खासमा नागरीक उड्ययन प्राधिकरणका फाइलहरुमा यो विमानस्थलको नाम दाङ एयरपोर्ट राखिएको छ । विसं २०१२ शालमा विमान अवतरण गरेर हवाइ सेवा दिइरहेको यो विमानस्थल विगत डेढ महिनादेखि ठप्प छ । विमानस्थलमा गत माघ तेह्र गतेदेखि एउटा पनि उडान भएको छैन ।
हवाइ सेवा रोकिनुको कुनै प्राविधिक कठिन्याइ होइन, भौगोलिक र वातावरणिय समस्या पनि होइन, तर सातामा चार वडा उडान भर्दै आएको नेपाल वायु सेवा निगमनले विगतका महिनादेहि उडान घटाउदै घटाउदै लगेर सातामा एउटा उडानमा झार्यो, त्यो पनि विगत डेढ महिनादेखि ठप्प भएको छ ।
सानो ट्वीनअटर विमान पनि अवतरण गर्न छाडेपछि यहांका विरामी, गर्भवती महिला र अत्यावस्यक कामले आउजाउ गर्ने विशिष्ठ व्यक्तित्वहरु अहिले नेपालगन्ज र भैरहवा विमानस्थललाइ पछ्याइरहेका छन् ।
जहाजबाट काठमाण्डौ जाने भन्दा बढि भाडा तिरेर वल्ल यहांका यात्रुहरु विमानस्थल पुग्न सक्छन् । एकाएक हवाइ सेवा रोक्नुको कारण नेपाल वायु सेवा निगमले व्यापार भनेको छ । यहां आउनु भन्दा साना जहाजले माउण्टेन फ्लाइटमा उड्दा धेरै आर्थिक लाभ हुन्छ । यसलाइ चिर्न यहांका राजनेताहरुको सामथ्र्य छैन ।
उता चलीरहेको हवाइसेवा रोकिदा यातायात यहांको यातायात सेवामा पनि कम्ति सास्ती छैन । चारलेनमा स्तरोन्नती गर्ने नाममा घोराही—तुलसीपुर सडक कोतरेर सिंगल लेनमा झारिएपछि यो सडकमा एक पछि अर्को गरी विभत्स दुर्घटनाहरु हुदै गए ।
बर्षदिनकै अवधिमा यहि धरापयुक्त सडक दुर्घटनामा तीन दर्जन भन्दा बढिले ज्यान गुमाए, त्यत्तिकै सवारीसाधनमा पनि क्षति भएको छ । तर यो सडकको स्तरोन्नतीकालागी पुनः ठेक्का गराउने प्रक्रिया भने अझै पनि अन्योलमा छ । यस अघि स्तरोन्नतीको जिम्मा पाएको भारतको मुम्वैस्थीत तथ्य इन्जिनियरीङ एण्ड इन्फा प्रोजेक्ट प्रालिसंगको ठेक्का संझौता भने रद्ध भैसकेको छ ।
बैसाख महिनामा नयां ठेक्का हुने भनिएपनि यसको प्रक्रिया सडक विभागले अझै पनि यसको अन्तिम निर्णय नभएको जनाएको छ ।
नत सहज सडक यातायात, न त निर्माण भैसकेको विमानस्थलमा नियमित हवाइ सेवा । सडक र विमानस्थल दुवैले गिज्याइरहेका छन् दाबासीलाइ, टुलुटुलु हेरीरहेका छन्, तीन तहका सरकार ।
चौतर्फि नागरीक दवावपछि चारलेनका क्रममा भत्काइएको सडकमा जसोतसो टालुटुल पारेर यातायात चलाइएको छ । तर सांघुरो सडकले सवारीचाप थेग्न नसकेपछि त्यहि सडकमा पनि स्थानिय प्रशासन, यातायात व्यवसायी नेतृत्व तथा सरोकारवालाहरुबीचको छलफल पछि दुर्घटना न्युनिकरणका नाममा टाइमकार्ड लागु गरिएको छ ।
खासमा टाइमकार्ड त निकुन्ज क्षेत्रमा मात्र लागु गर्ने अभ्यास थियो, तर दिनदिनै दुर्घटना बढेपछि स्थानिय प्रशासनको जोडवलमा यो २३ किमि सडकमा ७० मिनेटको टाइमकार्ड लागु गरिएको छ । तर टाइमकार्ड लागु भएपनि ओभरटेक र उच्च स्पीडको शैलि भने रोकिएको छैन । यस कारण पनि दुर्घटना न्युनिकरण हुन सकेको छैन ।
के भैरहेको छः एयरपोर्ट राजनिति
दाङ जिल्लाको राजनिति अचम्मको छ । पहिले यो जिल्लालाइ दाङ देउखुरी जिल्ला भनिन्थ्यो । अचेल दाङ जिल्ला मात्रै भनिन्छ । तर देउखुरीले अझैपनि दाङको उपनिवेश कहिन कतै स्वीकारर्दै आएको छ ।
देउखुरीबासीले आफुलाइ दंगालि भन्न समेत ढुक्कसंग चाहन्न् । उनीहरु घोराही उक्लनुलाइ दाङ गएको रुपमा अनुभुत गर्छन । अझ पछिल्लो समय देउखुरी उपत्यकाले लुम्विनी प्रदेशको स्थाइ राजधानी पाएपछि देउखुरीले पनि एयरपोर्ट माग्न थालेको छ । जुन प्रदेश राजधानीकालागी अपरीहार्य पनि हो ।
यस अघिका केहि बर्षदेखि दाङ उपत्यकाभित्रै पनि एयरपोर्टका विषयमा स्थान विवाद निकालिए । यो विवादमा यहिकै राजनितिक दलका मुख्य नेताहरुका अभिव्यक्तिहरु सार्वजनिक पनि भए ।
टरीगाउँ विमानस्थलमा जहाज अवतरण गरीरहेकै वेला केहि प्रवद्ध राजनितिक दलका नेताहरुले यसको विकल्पमा नारायणपुरमा अर्को एयरपोर्टको परीकल्पना गरेर सर्वेको प्रक्रिया पनि केहि सुरु गरे ।
अन्ततः यहांको एयरपोर्ट राजनितिलाइ केन्द्रले अर्को अल्झन बनाइदियो । कहां कामचलाउ विमानस्थल बनाउने भन्नेमा दाङबासीकै एकात्मक भावना छैन भन्ने सन्देश नागरीक उड्ययन प्राधिकरणमा पुग्यो । यहि बीचमा नेपालगन्ज र भैरहवाले पनि आफुले खोजेको अभिष्ट पुरा गर्न सफल भैरहेको छ ।
किनकि दाङमा नियमित हवाइसेवा नियमित भएमा भैरहवा र नेपालगन्ज विमानस्थलले आधा भन्दा बढि यात्रुहरु गुमाउनु पर्ने छ ।
विसं २०११ शालदेखि घासे मैदानबाटै नियमित हवाइ सेवा सुरु गरेको टरीगाउ विमानस्थल अचेल कालोपत्रे धावनमार्ग सहितको छ । केहि दशक नियमित हवाइ सेवा सन्चालन भएको टरीगाउ विमानस्थलमा तीन वटा भिन्न समुहको फरक दृष्टिकोणका कारण हवाइ सेवा थकित छ ।
टरीगाउँ विमानस्थलमा हवाइ जहाज ल्याण्ड गर्न छाडेको अहिले एक महिना दश दिन पुगेको छ । माघ १३ गते सो विमानस्थलमा अन्तिम हवाइ सेवा चलेको थियो ।
हवाइसेवा नियमित गर्नकालागी धावनमार्ग कालोपत्रे एउटा उपयुक्त विकल्प थियो । त्यसकालागी तात्कालिन हवाइ विभाग(हालको नागरीक उड्ययन प्रँधिकरण)ले डिपिआर गरी कालोपत्रे टेण्डर भयो र धावनमार्ग कालोपत्रेको काम पनि सम्पन्न भयो ।
विश्वस्त समाचार श्रोतका अनुसार त्यो वेला यहांको एयरपोर्टको धावनमार्ग कालोपत्रेको डिजाइन गर्ने मुख्य व्यक्ति इन्जिनियर प्रदिप अधिकारी थिए । उनी कहाबाट कसरी प्रभावित थिए, त्यो त पछि वहश हुने छ । तर उनले एयरपोर्टको रनवेका यसरी डिजाइन गरिदिएकि यसलाइ चौडा पार्न सानो तिनो बजेटले थेग्न नसकोस ।
उनै प्रदिप अहिले नागरीक उड्ययन प्राधिकरणको डिजि छन् । उनी त्यहां रहंदा सम्म साविकको डिजाइनमा एयरपोर्टको रनवे बढाउन सकिने छैन । डिजि प्रदिपले जहिल्यै पनि यस विमानस्थलको धावनमार्ग चौडा गर्नुलाइ आकाशको फल जसरी प्रस्ट्याइरहेका हुन्छन् । यहांको राजनितिक इच्छाशक्ति उनको प्रष्ट्याइको सामना गर्ने हैसियतमा छैन ।
एउटा समुहलाइ तुलसीपुरकै टरीगाउ विमानस्थलको स्तरबद्धिको वकालत गर्न लगाइन्छ, अर्को समुहले नारायणपुर क्षेत्रमा क्षेत्रीय स्तरको हवाइ सेवा र अर्को समुह भर्खरै हावि हुन थालेको छ, जसले प्रादेशिक राजधानीमा हवाइसेवाको अपरीहार्यत । अर्थात एयरपोर्ट त देउखुरीमा हुनु पर्दछ ।
यो खेलमा नेपालगन्जको व्यापारीक घराना र बुटवल भैरहवाको व्यापारीक घरानासंगै त्यहांको राजनितिक शक्ति पनि जोरवलले लागेको स्पष्ट छ । तर यहांका राजनेताहरु गुमराहमा परेका छन् ।
नागरीक उड्ययन प्राधिकरणका अधिकारीको प्राविधिक एकलौटि धारणालाइ मौन स्वीकार गरीरहेका छन् । जुन थ्रिजिको लगाइले एयरपोर्टलाइ थकाउदै थकाउदै अहिले मृत्यु शैयामा पारेको छ ।
सर्वे प्रिजेन्टेशन हुदै छः उपप्रमुख चौधरी
एयरपोर्ट स्तरबृद्धिकालागी तुलसीपुरबासीबाट निरन्तर पहल भैरहन्छ । तुलसीपुर उद्योग वाणिज्य संघदेखि तुलसीपुर उपमहानगरपालिका सम्मले हवाइ सेवाको निरन्तरता र स्तरोन्नतीकालागी पटक पटक सार्थक पहल पनि गरे ।
केहि समय हवाइसेवा नियमित पनि भयो । अन्ततः यसले दिगो स्वरुप भने ग्रहण गर्न सकेन । तुलसीपुर उपमहानगर पालिकाका उपप्रमुख स्यानी चौधरी भन्छिन्, ‘नागरीक उड्ययन प्राधिकरणका प्राविधिक सहित हाम्रा प्राविधिक पनि संलग्न भएको टोलिले एयरपोर्टको धावनमार्ग बढाउन पुनः डिपिआर गरेको छ, अव केहि दिनमै यसको यहांका सांसदहरुका बीच प्रस्तुतीकरण हुने छ ।’
उनको बुझाइमा नयां सर्वे अनुसार टरीगाउँ एयरपोर्टको स्तरोन्नती गरी रनवेको लम्वाइ १ हजार ९ सय मिटर कायम हुने छ भने चौडाइ ३ सय मिटर कायम हुने छ ।
यसका लागि करीव २ अर्ब बजेट अनुमान पनि गरीएको छ । सार्थक होला त पछिल्लो प्रयास ।