२०८२ असार ६ गते शनिवार

तेस्रो हिरा डाँगी स्मृति कप फुटवलको उपाधि राइजिङ स्टारलाई


लक्ष्मण बस्नेत,तुलसीपुर,फागुन २८ । तेश्रो हिरा डाँगी स्मृति कप फुटवल प्रतियोगिता २०८० को उपाधि राइजिङ स्टार फुटवल घारोहीले जितेको छ ।

हिरा डाँगी फाउण्डेसन तुलसीपुरले आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा साहारा फुटबल क्लब लखनउलाई ट्राईवेकरमा ६ का विरुद्ध ५ गोलले पराजित गर्दै राईजिङ स्टारले उपाधी जितेको हो ।

उपाधी संगै उसले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको साहारा उपबिजेतामा सिमित रहदै नगद १ लाख, कप, मेडल,प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसिपुरमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समयमा गोलरहित वरावर भएपछि खेलको नतिजा ट्राईवेकरबाट निकाएको हो ।

हिरा डाँगी फाउण्डेसनका अध्यक्ष पोखरसिं डाँगीको अध्यक्षता अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार) को प्रमुख आतिथ्यता एव शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको विशिष्ट आतिथ्यता भएको भएको समापन कार्याक्रममा बोल्दै प्रमुख अतिथि केसीले खेल क्षेत्रको बिकासमा राज्यको दृष्टि पुग्न नसकेको बताए ।

निजि संघ संस्थाले खेलकुद धानिदिएको छ यसमा राज्यको दृष्टि पुग्न सकिरहेको छैन स्थानीय स्तरमा फुटवलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीहरुलाई थप प्रोत्साहन हुने तवर बाट फाउन्डेशनले गरेको प्रतियोगिताको उहाले उच्छ प्रशंसा गर्दै फाउन्डेसन लाई आगामी सहयोग रहने प्रतिवद्ता ब्यक्त गरे ।

साथै उनले यस्ता प्रतियोगिताहरुलाई स्थानीय सरकार तथा सरोकारवालाहरुको सहयोग रहनु पर्ने बताउनु भएका केसिले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा दक्ष खेलाडीहरु उत्पादन भई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा व्यवसायीक खेलाडीहरुलाई थप टेवा पुग्ने समेत बताए ।

फाउन्डेसनका संरक्षक मानबहादुर डागिको स्वागत रहेको कार्यक्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ साहारा फुटबल क्लबका दिपेन सिह ठकुरी उत्कृष्ट खेलाडी,राईजिङ स्टारका जमिर मिया सार्वाधिक गोलकर्ता,राईजिङ स्टारकै भिम पुन बेष्ट गोलकिपर र टरिगाउ युवा क्लबका निशान राजलवट राईजिङ प्लेयर घोसित भए ।

उत्कृष्ट खेलाडी लाई जनही पाच हजार नगद र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै युएनबिसी फुटबल क्लब घोराही अनुशासित टिम भयो । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिएको छ ।

साथै फाउन्डेसनले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगी खेलप्रेमी,खेलाडी, सहयोगीदादा,पत्रकार,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,नागरिक समाज लगाएत सबैमा धन्यावाद समेत दिएको छ ।

कार्यक्रमको सहजिकरण दाङ जिल्ला फुटवल संघका महासचिव लक्ष्ण बस्नेतले गरेका थिए । फागुन २१ गते देखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *