काठमाडौं, फागुन २७ । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पदमा बाँकेका पूर्वसभापति युवराज शर्मालाई उम्मेदवारका रुपमा प्रस्तुत गरेका छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आइतबार बसेको संसदीय दल कार्यसमिति बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
राष्ट्रिय सभाको निर्वाचन फागुन २९ गते हुँदै छ ।
लुम्बिनी प्रदेशबाट २०७८ माघमा उनी राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएका थिए।
प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार