२०८१ बैशाख २२ गते शनिवार

त्रिकोणात्मक टी–२० सिरिज आजबाट सुरु हुदैँ

काठमाण्डौ,फागुन २७ । त्रिकोणात्मक टी-२० सिरिजका लागि हङकङ पुगेको नेपालले आफ्नो पहिलो खेलमा आइतबार हङकङको सामना गर्दैछ।

नेपाली नेपाली समयअनुसार आज बिहान ११ः१५ मा खेल सुरु हुँदैछ। सिरिजअघि नेपाल र हङकङले मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेका थिए। जहाँ नेपाल ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

नेपाल, हङकङ र पपुवा न्युगिनी समिलित सिरिजमा लिगचरणमा तीनै टीमले समान १-१ खेल खेल्ने छन्। नेपालले मंगलबार बिहान पपुवा न्युगिनिसँग खेल्ने कार्यतालिका रहेको छ। हङकङ सिरिजमा नेपालले आफ्नो नियमित टिमका महत्त्वपूर्ण ६ खेलाडीलाई टोलीमा समेटेको छैन।

यसअघि काठमाडौंमा भएको नेपाल, नेदरल्यान्ड्स र नामिबिया समिलित सिरिजमा टोलीमा रहेका स्टार खेलाडीहरू दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, ललित राजवंशी र अनिल साहालाई टोलीमा नराख्दा उनीहरूको स्थानमा विनोद भण्डारी, रसिद खान, सागर ढकाल, लोकेश बम र आकाश चन्द रहेका छन्।

प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *