काठमाण्डौ,फागुन २७ । आज काठमाण्डौ उपत्यकासहित देशको पश्चिमी पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ।
अरु बाँकी ठाउँको मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रको मौसम बदली छ ।
त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ता कँडेलले जानकारी दिए ।
अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम बदली भएका क्षेत्रमा पनि पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार