२०८१ जेष्ठ ३० गते बुधवार

विवाहमा जाँदै गरेको स्कार्पियो दुर्घटना

अर्घाखाँची ,फागुन २५ । अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिका ७ अड्गुरीमा स्कार्पियो दुर्घटना भएको छ ।

घुम्टी दुर्गाफाट सडकखण्डको भञ्ज्याङ् नजिक बा १५ च २३५३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । गाडिमा सवार सबैको अवस्था सामान्य रहेको छ भने स्कार्पियोमा धेरै क्षति भएको छ ।

कपिलवस्तु देखि अर्घाखाँचीको दुर्गाफाटसम्म बैवाहिक कार्यक्रमका लागि हिडेको स्कार्पियो ब्रेक फेल भइ दुर्गटना भएको चालकको भनाइ छ । गाडीमा चालक सहित ७ जना सवार थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *