२०८१ बैशाख १० गते सोमवार

अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात र राज एण्ड साथीभाइ यातायात प्रालिबिच एकीकरण


तुलसीपुर, फागुन २४ । अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि तुलसीपुर र राज एण्ड साथीभाइ यातायात प्रालि मर्ज भएका छन् ।

राज एण्ड साथीभाइ यातायात प्रालि २०७४ मा स्थापना भएको थियो । प्रालि मर्ज भएसँगै शुक्रबारदेखि राज एण्ड साथीभाई यातायात प्रालिका १६ वटा बस अम्बिकेश्वरी सार्वजनिक यातायात प्रालि मार्फत चल्ने भएका छन् ।

अम्बिकेश्वरी सार्बजनिक राप्ती यातायात प्रालि तुलसीपुर २०६० सालमा स्थापना भएको थियो ।

अम्बिकेश्वरी सार्बजनिक राप्ती यातायात प्रालि तुलसीपुरमा १७५ वटा सवारी साधन सञ्चालनमा रहेको र १६ वटा गाडी थपिएसंगै १९१ सवारीका साधन सन्चालन हुने रहेको अध्यक्ष घनश्याम बस्नेतले जानकारी दिए ।

यसअघि अम्बिकेश्वरी सार्बजनिक माइक्रो तथा मिनि बस समिती, सहारा यातायात प्रा।लि। संग मर्ज गरेको थियो ।

यातायात व्यवसायीहरु बैंकको किस्ता बुझाउन समेत समस्या भएकाले प्रालिहरु एकजुट भएर जानुपर्छ भन्ने उदेश्यले प्रालि मर्ज गरिएको बस्नेतले जानकारी दिए ।

साथै उनले अन्य प्रालिहरु मर्ज प्रक्रियामा आउन चाहेको खण्डमा अम्बेकेश्वरीको ढोका खुल्ला रहेको बताए ।

अम्बिकेश्वरी सार्बजनिक राप्ती यातायात प्रा।लि। तुलसीपुरले सहारा अम्बिकेश्वरी यातायात बहुउदेश्य सहकारी संस्था गठन भएको छ ।

सहकारीको दाङ, कपिलबस्तु, प्युठान र बाँके कार्यक्षेत्र रहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *