२०८२ जेष्ठ १३ गते आइतवार

दाङ क्रिकेट लिगको दोस्रो संस्करण दंगाली लायन्सले जित्यो तुलसीपुर रोयल्स उपबिजेता


तुलसीपुर, फागुन २० । दोस्रो संस्करणको दाङ क्रिकेट लिग (डीसीएल) को फाइनलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई पराजित गर्दै उपाधि जितेको छ ।

फाइनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गरेको हो ।
जितको लागि तुलसीपुरले पछ्याएको १०८ रनको विजयी लक्ष्य १६ ओभरमा ६२ रनमा अल आउट भएको थियो ।
प्रतियोगितामा तुलसीपुर रोयल्सका रुपेश सिंहले २० र अमरसिंह राउटेलाले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन चुकेका थिए ।

खेलमा स्पिनर बसिर अहमदले सर्वाधिक ३ विकेट लिएका थिए भने विपिन खत्री, वीरबहादुर घर्ती मगर, प्रकाश जैसीले समान २ ÷ २ विकेट लिएका थिए ।
टस जितेर ब्याटिङ रोजेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन जोडेको थियो ।

कप्तान विपिन खत्रीले ३८ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाउन सफल भएका थिए । खेलमा बसिर अहमदले २४ र अंकित बुढाले ११ रनको साझेदारी गरेका थिए ।

त्यस्तै तुलसीपुर रोयल्सका अमर सिंह राटेलाले सर्वाधिक ३ विकेट लिएका थिए । जसमध्य रुपेश सिंह, भुवन कार्की, दिवान पुन र नवीन बिकले समान १÷ १ विकेट लिन सफल भएका थिए ।

विजेता दंगाली लायन्सले दुई लाख ५० हजार र उपविजेता तुलसीपुर रोयल्सले एक लाख रुपैंया पुरस्कार पाएका थिए ।
प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ बसिर अहमद घोषित भए । उनले १५ हजार पुरस्कार जिते ।
त्यस्तै उत्कृष्ट ब्याटर सन्तोष कार्की, बलर दिपेन्द्र रावत र उदयमान खेलाडी देउखुरी वारियर्सका शुभम खनाल घोषित भएका थिए । उनीहरु सबैले समान १० ÷ १० हजार प्राप्त गरेका थिए ।

नेपाल टेलिकमको सहयोगमा दाङ क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा पाँच फ्रेन्चाइज टोलीको सहभागिता थियो । घोराही उपमहानगरपालिका – १७ स्थित क्रिकेट मैदानमा फागुन १४ गतेदेखि १९ गतेसम्म प्रतियोगिता चलेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *