२०८१ बैशाख १९ गते बुधवार

घोराहीमा आज आश्थाले नचाइन दर्शक ,भोलि प्रकाश सपुत आउने


घोराही, फागुन १९ । १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को दोस्रो दिन गायिका आश्था राउतले दर्शक नचाएकी छिन् ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको दोस्रो दिन चर्चित लोकदोहोरी गायिका आश्था राउतले आफ्ना गीतहरु प्रस्तुत गर्दा दर्शकहरु खुबै रमाएक थिए ।

गायिका राउतले ‘पोहोर पनि ढाट्यौ आमा यसपालिका नि ढाट्यौ, खोई त मलाई झुम्के बुलाकी, चौबन्धिमा पटुकी बाध्या छैन भन्दैमा, नाकैमा फूली, सालको पात टपरी गाँसेर, यो माया यो माया’ लगायतका गीतहरु प्रस्तुत गरेकी थिइन् ।


शनिवार नै चन्द्र शर्मा, अनु अधिकारी, नरेश खाती, केपिना गोतामे, सलिना थापा लगायतले पनि आफ्नो प्रस्तुति राखेका थिए ।


दाङसहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमिका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर अवलोकन गराउने उदेश्यका साथ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव आयोजना गरिएको हो ।


जस्मा फागुन २१ गते नेपाल सहित १३ देशका तीन सय बढी कलाकारको प्रस्तुति रहने छ ।
आइतबार चर्चित लोकदोहोरी गायक प्रकाश सपुत, हाँस्यकलाकार कमल गाउँले, गायिका सविना थापा, गायक रोशन रत्गैया, सरिता दान्कुटी, सुरक्षा मगर लगायतको प्रस्तुति रहने छ ।


महोत्सव प्रवेशका लागि एक सय रुपैंयाको टिकट दर राखिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *