२०८१ बैशाख १० गते सोमवार

भोलिदेखि तेश्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिता घोराहीमा सुरु हुँदै

मुख्यमन्त्री चौधरीले प्रतियोगिता उद्घाटन गर्ने


घोराही, फागुन १९ । दाङको घोराहीमा हुन थालेको तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।


आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले शनिवार घोराहीमा पत्रकार सम्मेलन गरि फागुनको २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुन थालेको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिएका हुन ।

जिल्लामा भलिबल खेलको विकाससँगै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि नेपाली कांग्रेस स्वर्गीय नेता पूर्व गृहमन्त्री खुमबहादुर खड्काको स्मृतिमा घोराहीस्थित जिल्ला समन्वय समितिको मैदानमा हुन थालेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको सभापति डाँगीले बताए ।


प्रतियोगिताका लागि खेल मैदान निर्माण, मञ्च व्यवस्थापन, अतिथिहरुलाई निमन्त्रण लगायतका काम सकिएको हुँदा सम्पूर्ण तयारी पुरा भएको उनले बताएका थिए ।
प्रतियोगितामा जिल्लाका नौ वटा स्थानीय टिमहरुको सहभागिता हुने छ ।


घोराही उपमहानगरपालिका,तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकाको प्रतियोगितामा सहभागीता रहने कांग्रेस दाङका सहसचिव एवं खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले बताए ।


जिल्लाका दश मध्य गढवा गाउँपालिकाको टिम भने सहभागी हुन नसक्ने भएको छ ।

लिगकम नकआउटका आधारमा खेलाइने खेलको बिजेता टिमले उपाधिसंगै नगद दुई लाख पच्चिस हजार रुपैंयासहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितिय हुने टिमले एक लाख २५ हजार, तृयिय टिमले ५० हजार र सान्तोना हुने टिमले २० हजारसहित हित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।


प्रतियोगितामा सहभागी टिमहरुलाई दुई जना राष्ट्रियस्तरका खेलाडीहरु समेत सहभागी गराउने अवसर प्रदान गरिएको छ । प्रतियोगिताको आइतवार दिउँसो १२ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने तय भएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *