२०८१ बैशाख १० गते सोमवार

अन्तर विद्यालय छात्रा फुटसलको उपाधी मावि सेन्टरलाई


लक्ष्मण बस्नेत,तुलसीपुर,फागुन २८ । दाङ जिल्ला अन्तर विद्यालय स्तरिय छात्रा फुटसल प्रतियोगिता २०८० को उपाधी माबी तुलसीपुर सेन्टरले जितेको छ ।

दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा साधना पाठशाला तुलसीपुर ९ बेलुवालाई सुन्यका विरुद्ध चार गोलले पराजित गर्दै माबी तुलसीपुर सेन्टरले उपाधी जितेको हो ।

उपाधी संगै उसले नगद ३० हजार,कप,मेडल, प्रमाणपत्र हात पार्‍यो । फाईनलमा हार ब्यहोरेको साधना पाठशाला उपबिजेतामा सिमित रहदै नगद १५ हजार,कप,मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

बिधालय स्तरबाट फुटबल खेलको बिकास र बिस्तार गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका सामुदायिक तथा संस्थागत गरि ८ बिधालयको सहभागिता रहेको थियो ।

दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता समापन समारोहमा बिजेता माबी तुलसीपुर सेन्टर, उपबिजेता साधना पाठशाला, अनुशासित टिम सप्तरङ्गी बोर्डिङ स्कुल,तथा उत्कृष्ट खेलाडी माबी तुलसीपुर सेन्टरकी आयुषा गिरि,सर्वाधिक गोलकर्ता माबी सेन्टरकै कमला वलि र उत्कृष्ट गोल रक्षक साधना पाठशालाकि तुलसा रोका मगरलाई पुरस्कार,ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो ।

तेक्वान्दोका अन्तराष्ट्रीय खेलाडी मोहन सुनारको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथी तुलसिपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी,माबी तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेल,राप्ती बाल एकेडेमी तुलसीपुरका प्रीन्सिपल ठाकुर प्रसाद डागी लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *