२०८१ जेष्ठ ३० गते बुधवार

कुस्ती प्रतियोगिताको समापन

तुलसीपुर, फागुन १७ । दाङको तुलसीपुरस्थित अरनिको मैदानमा तीन दिनसम्म चलेको कुस्ती प्रतियोगिताको समापन गरिएको छ ।


प्रतियोगितामा पाँच जना मात्रै नेपाली खेलाडीसहित दुई दर्जन जति भारतीय कुस्ती बाजहरुले प्रतिष्पर्धा गरेका थिए ।

यूथ अफ तुलसीपुरले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हो । गत बर्षपनि उस्ले तुलसीपुरमै कुस्ती प्रतियोगिता आयोजना गरेको थियो । युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले कुस्ती खेलको महत्व युवा पुस्तामा परिचित गराउन प्रतियोगिता आयोजना गरिएको बताए ।


यूथ अफ तुलसीपुरको आयोजना र प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रायोजनमा तीन दिनदेखि अघिदेखि तुलसीपुरमा यो प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताको लुम्बिनी प्रदेशका उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापाले उदघाटन गरेका थिए ।

कुस्तीमा पहलमानहरुको भिडन्त हेर्न आउने दर्शकहरुको बाक्लो उपस्थिति थियो । कुस्ती हेर्न आउने पुरुष र महिलाको संख्या बराबरी जस्तै देखिन्थ्यो ।
प्रतियोगिता हेर्न चाहानेले टिकट काटेर मात्रै प्रबेश पाउने ब्यबस्था गरिएको थियो ।

तस्बिर : नारायण खडका ।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *