२०८१ असार ३ गते आइतवार

‘तुलसीपुर रोयल्स’को लगातार तेस्रो जीत

फाइनल पुग्ने बलियो सम्भावना



तुलसीपुर, फागुन १७ । दाङ क्रिकेट लिग (डिसिएल) अन्तर्गत तुलसीपुर रोयल्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।


तीनवटै खेलमा जित निकाले संगै फाइनल पुग्ने तुलसीपुरको सम्भावना बलियो देखिएको छ । प्रतियोगिता अन्तरगत तुलसीपुर ६ अंकसहित शिर्ष स्थानमा छ ।


घोराही उपमहानगरपािलका – १७ गुलरियास्थित क्रिकेट रंगशालामा जारी प्रतियोगिता अन्तरगत बिहीबारको पहिलो खेलमा देउखुरी वारियर्सलाई तुलसीपुर रोयल्सले ३९ रनले पराजित गरेको हो ।


टस जितेर ब्याटिङ राजेको तुलसीपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा देउखुरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सकेको थियो ।
तेस्रो खेलमा तुलसीपुरलाई जित दिलाउन रुपेश सिंहले सर्वाधिक ४३ रन बनाएका थिए ।

उनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए । प्रतियोगिता अन्तरगत बिराट सिंह भण्डारीले ३५ बलमा ६ चौका प्रहार गर्दै ३० रन जोडेका थिए । त्यस्तै दिवान पुनले १५, अमर सिंह रौटेलाले ११ तथा भुवन कार्कीले १० रन जोडेका थिए ।


बलिङ तर्फ तुलसीपुरका भुवन कार्की, अमर सिंह रौटेला र दिवान पुनले समान २÷ २ विकेट लिए । रुपेश सिंह र नविन बिकले १ ÷ १ विकेट लिएका थिए । बिहीबार खेलमा रुपेश सिंह ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

तुलसीपुर संग पराजित देउखुरी वारियर्सका नारायण जोशीले सर्वाधिक ३० रन बनाएका थिए । टिमका लागि प्रज्वल थापाले १४, आशिष ओली १० रन जोडे । यी बाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

बलिंगतर्फ देउखुरीका लागि सुभम खनालले सर्वाधिक ३ विकेट लिन सफल भए । उनले त्यसका लागि ४ ओभरमा २४ रन खर्चिएका थिए । खेलमा आशिश ओली २ र आवाज गौतमले १ विकेट लिएका थिए ।
बिहीबार भएको दोस्रो खेलमा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई ७५ रनले पराजित गरेको छ ।

दंगाली लायन्सले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा पुरन्धाराले १७.५ ओभरमा ७४ रनमा समेटिएको थियो । पुरन्धाराको व्याटिङमा कृष्ण कार्कीले सर्वाधिक २७, दिपेन्द्र रावतले १० रन बनाउनु बाहेक अन्य कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।


त्यस्तै बलिङ तर्फ दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट, बिपिन खत्री, बिरबहादुर घर्ती र शंकर रानाले समान २÷२ विकेट लिएका थिए । प्रकाश जैसीले १ विकेट लिएका थिए ।
टस जितेर ब्याटिङ रोजेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनमा समेटिएको थियो ।

दंगाली लायन्सका लागि सन्तोष कार्कीले सर्वाधिक ३० रन, अंकित बुढामगरले २८ रन, बिपिन खत्रीले २४, शिशिर डाँगीले २१, बसिर अहमदले १७ र शंकर रानाले १२ रन योगदान गरेका थिए ।

बलिङतर्फ पुरन्धाराका कृष्ण कार्की र सुजल ओलीले समान ३ बिकेट लिएका थिए भने दिपेन्द्र रावत र मोहन खत्रीले समान १÷१ विकेट लिएका थिए । बिहीबारको पराजय संगै एक खेल खेल्न बाँकी छँदै देउखुरी र पुरनधाराको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ।

प्रतियोगिता अन्तरगत दंगाली लायन्स र घोराही टाइगर्सको समान ४ अंक छ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख नगद प्राप्त गर्ने छन् । फागुन १५ गतेदेखि दाङ क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता फागुन १९ गतेसम्म चल्ने छ ।


पाँच टिम सहभागि प्रतियोगिता राउण्ड रोबिन फम्र्याटमा खेलाइएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *