२०८२ जेष्ठ ३० गते शुक्रवार

घोराहीमा सिमेन्ट उद्योग भित्र टिप्परको ठक्करबाट एक चालकको मृत्यु


तुलसीपुर, फागुन १६ । घोराहीमा सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट एक जना चालकको मृत्यु भएको भएको छ ।

टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका–४ निवासी ३० बर्षीय नारायण शर्माको मृत्यु भएको हो । शर्मा रा १ क १२९५ नम्बरको टिप्पर चालक हुन ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगभित्र रा १ क १२७८ नम्वरको टिप्परले मंगलबार बेलुकी शर्मालाई ठक्कर दिएको थियो ।

उपचारका क्रममा घाइतेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको डिएसपी मल्लले जानकारी दिए ।

ठक्कर दिने टिप्पर चालक ३० बर्षीय बसन्त जिएमलाई प्रहरीले नियन्तत्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

सिमेन्ट उद्योगभित्रको पेट्र«ोल पम्पबाट तेल भरी टिप्पर मोड्ने क्रममा जिएमले चलाएको टिप्परले शर्मालाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

चालकले लापरवाही गरेको भन्दै दोषीलाई कारवाही र उचित क्षतिपुर्तीको माग गर्दै मृतकका आफन्तले सिमेन्ट उद्योगको गेटमा नारावाजी गरिरहेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *