२०८३ असार २७ गते शनिवार

रोल्पामा १७ बर्षीया बालिका बलात्कार आरोपमा ६३ बर्षीय बृद्ध पक्राउ


दाङ, फागुन १५ । रोल्पामा १७ बर्षीया बालिका बलात्कार गरेको अभियोगमा ६३ बर्षीय एक बृद्ध पक्राउ परेका छन् ।


जिल्लाको सुनिलस्मृती गाउँपालिका – १ घोडा गाउँका ६३ बर्षीय शेरे कामी बालिका बलात्कारको अभियोगमा पक्राउ परेका हुन ।


कामी माथि फागुन ९ गते राति साढे ९ बजे तिर एक जना सुस्त मनस्थिितकी बालिकालाई बलात्कार गरेको किटानी जाहेरी परेको थियो ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक राम नारायण गुप्ताले ६३ बर्षीय कामीले घरमा कोही नभएको मौका छोपी सुस्त मनस्थितिकी ती बालिकालाई बलात्कार गरेको जानकारी दिए ।


बालिकाका आमा बुवा सामान किनमेलका लागि बजार गएको र बहिनी पनि बुवा आमाको सामान लिन भनेर राति घरबाट लिन गएको समयमा कामीले बालिकालाई ‘जबरजस्ती करणी’ गरेको कुरा पीडितले आफन्तको सहयोगमा दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *