२०८२ असार ६ गते शनिवार

कुस्ती प्रतियोगिताको तयारी पुरा


तुलसीपुर,फागुन १४ । दाङको तुलसीपुरमा सञ्चालन हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको तयारी पुरा भएको छ ।

यूथ अफ तुलसीपुरको आयोजना तथा प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रायोजकमा भोली देखि फागुन १७ गतेसम्म हुन लागेको प्रतियोगिताको तयारी पुरा भएको सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

कुस्ती प्रतियोगितामा भारत देखि ३० जना र नेपाली ५ जना गरि ३५ जना खेलाडीको सहभागिता रहने युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा ४ जना महिला खेलाडी पनि रहने छ । प्रतियोगितामा कलाकार साहिमा श्रेष्ठको पनि सहभागिता रहने छ ।

पत्रकार सम्मेलनको सहजीकरण शान्ताराम सेन्चुरीले गरेका थिए। खेल प्रत्येक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म चल्ने छ ।

उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशका उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री रोज राणाले उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक युथ अफ तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *