२०८२ असार १ गते सोमवार

जिप दुर्घटना हुँदा चालकको मृत्यु


दाङ,फागुन ८ । सल्यानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका -५ का ३५ बर्षिय अर्जुन बिकको मृत्यु भएको छ । बिक ग ३ च ३३१२ नम्बरको बोलेरो जिपको चालक हुन ।

सोमबार बेलुका सवा ४ बजेतिर जिल्लाको छत्रेस्वरी गाउँपालिका वडा न १ स्थित भित्री सडक अन्तर्गत दमाचौरबाट सुन्तला लोड गरि मोख्ला तर्फ जादै गरेको उक्त जिप उकालोमा ब्याक भई दुर्घटनामा परेको थियो।

सल्यानका प्रहरी प्रबक्ता ( प्रहरी निरीक्षक ) भवानी प्रसाद धमलाका अनुसार घाइते चालकको उपचारको क्रममा जिल्ला अस्पताल खलंगामा पौने ७ बजे तिर मृत्यु भएको हो ।

घर परिवारका सदस्य सल्यान पुगेपछी मात्र सवको पोस्टमार्टम हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *