२०८३ कार्तिक २५ गते मङ्गलवार

घोराहीमा मोटरसाइकल दुर्घटना – एक जनाको मृत्यु ,अर्का युवक गम्भीर घाइते


तुलसीपुर, फागुन ५ । दाङको घोराहीमा शनिबार मध्य रातितिर भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् ।


शनिबार राति ११ ः ५५ बजेतिर भएको मोटरसाइकल दुर्घटनाका घाइते मध्य रुकुम पूर्वको भूमे गाउँपालिका – १ का २७ बर्षीय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।


गम्भीर घाइते पुनलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचारका लागि लगिएको थियो । त्यहाँ पु¥याएको केही बेरमै सवा १२ बजेतिर चिकित्सले उनलाई मृत मृत घोषणा गरेका थिए ।

मोटरसाइकलमा सवार रुकुम पूर्वको भूमे गाउँपालिका – १ का ३५ बर्षीय रामकुमार पुनपनि गम्भीर घाइते छन् । घाइते पुनलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि भैरहवा रिफर गरिएको छ ।


घाइते पुन दाङको घोराही – १८ मा डेरा गरि बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।


मध्यराति घोराही उपमहागनरपालिका – १८ स्थित कालीका टोलमा रा ७ प ४१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।


दुर्घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *