तुलसीपुर, फागुन ५ । इट्टा बोकेर दाङको तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको मिनी ट्रक हर्नेटी भिरबाट खसेको छ ।
रा १ ख २४२४ नम्बरको इट्टा बोकेको मिनी ट्रक दाङ सल्यान राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका – ३ स्थित हर्नेटी भिरबाट झन्डै दुई सय मिटर तल खसेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नबचन्द्र मल्लले उकालोमा गियरले काम नगरे पछि ट्रक ब्याक भएको थियो । ब्याक हुने क्रममा सहचालक झरेर ओट हाल्न खोजेपनि ब्रेकले समेत काम नगरेपछि तीब्र गतिमा ट्रक ब्याक भइ भिरबाट खसेको थियो ।
सहचालक पहिलै झरेर ओट हाल्दै थिए भने ब्रेकले काम नगरेपछि चालकपनि माथि नै हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ ।
चालक तुलसीपुर उपमहानगरपालिका – ११ का ४५ बर्षीय माधव भण्डारी हाम फाल्ने क्रममा सामान्ने घाइते रहेको पनि प्रहरीले बताएको छ ।
ट्रक हर्नेटी भिरबाट शुक्रबार बेलुका साढे ५ बजेतिर दुर्घटनामा परेको थियो ।