२०८२ असार ४ गते बिहिवार

टेलरको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार एक किशोरको मृत्यु


दाङ, फागुन ५ । सल्यानमा टेलरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
बन्गाड कुपिण्डे नगरपालिका – १ का १८ वर्षीय शिशिर बिसीको मृत्यु भएको छ ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका –६ नाथेखोलाबाट सुनौलीबजार जाँदै गरेको लु ८० प १४११ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख २२५३ नम्बरको टेलरले शुक्रबार बेलुकी साढे ५ बजेतिर ठक्कर दिएको थियो । त्यो दुर्घटनामा परि खत्री गम्भीर घाइते भएका थिए ।

सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार गम्भीर घाइते बिसीलाई सुरुमा उपचारको लागि सुर्खेतको मेहलकुना अस्पताल लगिएको थियो ।

त्यहाँ बाट फेरि जिल्ला अस्पताल सल्यान ल्याउने क्रममा शनिबार १ बजेतिर बाटोमै बिसीको मृत्यु भएको प्रहरी निरीक्षक धमलाले जानकारी दिए ।

टेलर र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *