२०८३ असार २७ गते शनिवार

सिकार खेल्न गएका खत्रीको गोली लागेर मृत्यु

दाङ,फागुन ५ । दाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका ४ ठाँटीखोलाका २४ वर्षीय तेजलाल खत्री रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख ( इन्स्पेक्टर ) अजयजंग थापाले जानकारी दिए।

उनका अनुसार गतराति साढे ८ बजेको समयमा शान्तिनगर १ को मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पट्किएर हात र पेटमा गोली र छर्रा लाग्दा खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको अवस्थामा फेला परेको र साथमा एउटा बन्दुक फेला परेको प्रहरीको भनाइ छ ।

उनीसँगै अन्य १० / १२ जना व्यक्तिहरू पनि जङ्गलमा गएको बुझिएकाले उनीहरूको खोजी भइरहेको उनले बताए ।

मृतकको शव पोस्टमार्टमका लागी अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *