२०८३ भाद्र ११ गते बिहिवार

रोल्पामा ट्रयाक्टरबाट खस्दा ६ बर्षीय बालकको मृत्यु

दाङ, फागुन ५ । रोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना ६ बर्षीय बालकको मृत्यु भएको छ ।


जिल्लाको लुङ्ग्री गाउँपालिका – २ सिर्पका स्थानीय चन्द्रबहादुर खड्काका छोरा ६ बर्षीय सन्दिप खड्का शुक्रबार बलेकुी साढे ७ बजेतिर गुडिरहेको ट्रयाक्टरबाट एक्कासी खस्दा गम्भीर घाइते भएका थिए ।


ट्याक्टरको अगाडि बसेका सन्दिप खस्दा उनको टाउको लगाएत शरिरका बिभिन्न भागमा गम्भीर चोट पटक लागेको थियो । बेलुकी साढे ७ बजेतिर लु्ङ्ग्री गाउँपालिका – ३ धनेखर्कबाट वडा नं. २ को सिर्प तर्फ जाँदै गरेको लु ४ त ६७१ नम्बरको ट्रयाक्टरको अगाडि सन्दिप बसेका थिए ।


ट्रयाक्टर सिर्पका स्थानीय २० बर्षीय दीपक बिकले चलाएका थिए । घाइते बालकलाई राति नौं बजेतिर प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पु¥याइएको थियो ।

थप उपचारका लागि बुटवल तर्फ लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक राम नारायण गुत्ताले जानकारी दिए ।


चलक प्रहरी नियन्त्रणमा छन् । घटना बारे आवश्यक थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *