२०८२ जेष्ठ ३० गते शुक्रवार

स्कार्पियोको ठक्करबाट साइकलमा सवार दिदी बहिनीको मृत्यु


दाङ, फागुन ३ । दाङको देउखुरीमा स्कार्पियोले साइकललाई ठक्कर दिदा दिदी बहिनीको मृत्यु भएको छ ।


मृत्यु हुनेमा प्यूठान जिल्लाको झिमरुक गाउँपालिका – १ घर घइ हाल दाङको राप्ती गाउँपालिका – ८ पिपरीमा बस्दै आएकी ३५ बर्षीया राधा बस्नेत र उनकी बहिनी पिपरीकी १६ बर्षीया बिपना केसी रहेका छन् ।

दाङका प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले बस्नेतको लमही अस्पतालमा र बहिनी बिपनाको रुपन्देहीस्थित क्रिमसन अस्पतालमा बेलुकी ७ बजेतिर मृत्यु भएको जानकारी दिए ।


पूर्व पश्चिम राजमार्ग अन्तरगत बुधबार बेलुकी साढे ४ बजेतिर राप्ती गाउँपालिका – ८ पिपरीमा पूर्व बाट पश्चिम तर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च १३६९ नम्बरको स्कार्पियोले पश्चिम तर्फ आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *