२०८३ असार २७ गते शनिवार

कपिलबस्तुमा बस दुर्घटना १० जनाको मृत्यु, ३० जना घाइते

दाङ, फागुन ३ । कपिलवस्तुमा मध्य रातमा भएको बस दुर्घटनामा परि दश जनाको मृत्यु भएको छ । ३० जना जति घाइते भएका छन् ।

जिल्लाको सुरइनाका खोलामा वस दुर्घटनामा दश जनाको मृत्युु भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश उप्रेतीले बताए ।


प्रजिअ उप्रेतिका अनुसार थप नौं जना घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ ।
बसमा ४० यात्रु सवार सवार रहेको तथा चालकको खट्टा फ्याक्चर रहेको भन्ने कुरा आएको पनि उनले बताए ।
अन्य घाइतेहरु मध्य केहीको चन्द्रौटामा उपचार भइ रहेको छ ।


महेन्द्रनगरवाट काठमाडौं तर्फ जाँदै गरेको सुदुपश्चिम सुनौलो यतायात प्रालिको प्रदेश ०२ – ००१ ख ००९८ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस साढे १२ बजेतिर दुर्घटनामा परेको प्रजिअ उप्रेतिले जानकारी दिए । नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेनाको टोलीले घटनास्थलवाट घाइतेको उद्धार गरेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *