२०८२ असार ४ गते बिहिवार

यस्तो छ आजको मौसम

काठमाण्डौ ,फागुन २ । आज देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ । पूर्वको कोशी तथा पश्चिमको कर्णाली प्रदेशमा मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए । अहिले काठमाण्डौ उपत्यकामा पनि मौसम बदली छ।

त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तराई मधेशका धनगढी, सिमरा तथा विराटनगरमा हुस्सु लागिरहेको छ ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *