२०८० फाल्गुन २० गते आइतवार

छात्राको पेटमा ६ महिनाको गर्भ, आरोपित पक्राउ

तुलसीपुर, माघ २८ । दाङमा एक छात्रा गर्भबति रहेको पाइए पछि बलात्कार आरोपमा किशोर पक्राउ परेका छन् ।


घोराही उपमहानगरपालिका – १२ की १६ बर्षीया किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको पुष्टि भएपछि प्रहरीले बलात्कार आरोपमा एक किशोरलाई पक्राउ गरेको छ ।


गत असार महिनामा स्थानीय हापुरस्थित खजुरे सामुदायिक वनमा लगेर ती किशोरले किशोरीलाई बलात्कार गरेको पीडितले प्रहरी समक्ष वयान गरेकी छन् ।


पीडितको सोही जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरि कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

किशोरीले कक्षा ८ र १७ बर्षका भनिएका ती किशोरले एकै बिद्यालयको कक्षा ११ मा पढ्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

माघ १६ गते किशोरी हराएपछि उनको खोजी भएको थियो । आरोपितले किशोरीलाई बिहे गर्ने भन्दै घरमै लगेका थिए । माघ २० गतेपनि ती किशोरले गर्भबति किशोरीलाई बलात्कार गरेको कुरा अनुसन्धान बाट खुलेको प्रहरीले बताएको छ ।
नेपालको हाल प्रचलित कानुनले १८ बर्ष भन्दा कम उमेरका किशोरी संग सहमतिमै यौन सम्पर्क राखेपनि त्यो बलात्कार गठहर्ने गर्छ ।
त्यस्तै २० बर्ष भन्दा कम उमेरको बिहेलाई कानुनी मान्नेता दिएको छैन ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *