तुलसीपुर, माघ २७ । आफ्नो स्थापनाको तीसौं बार्षिकोत्सव मनाइरहंदा तुलसीपुर उपमहानगरपालिका—१७ रमाइलो गाउस्थीत फोर्टिनाइन अंग्रेजी माध्यमिक विद्यालयले सोहि विद्यालयका पुर्व विद्यार्थि(हाल चिकित्सक) डा प्रभात रिजाललाइ प्रमुख अतिथि बनायो । सोहि विद्यालयमा कक्षा दश सम्मको अध्ययन पुरा गरेका अन्य ८ जना विद्यार्थिहरुलाइ विशिष्ठ अतिथि बनाइयो ।
विद्यालयको बार्षिकोत्सव समारोहको स्टेजको अग्रपंक्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वाहेक सहित प्रमुख अतिथि र विशिष्ठ अतिथिहरु सवै पुर्व विद्यार्थिहरुलाइ बनाइदा सहभागि अध्ययनरत विद्यार्थिहरु र अभिभावकहरुमा पनि एक प्रकारको उत्सुकता र कौतुहलता थियो । किनकि बार्षिकोत्सव समारोहमा यो पटक कुनै जनप्रतिनिधिलाइ आमन्त्रण गरिएन, पेषागत संघसंगठनका पदाधिकारीहरुलाइ निम्तो दिइएन, अनि निजि विद्यालयको संस्था प्याव्सन एनप्वाव्सनका पदाधिकारीहरुलाइ पनि अतिथिका रुपमा आमन्त्रण गरिएन ।
स्कुलमा दश कक्षा पुरा गरी माथिल्लो तहमा फोर्टिनाइन स्कुललाइ चिनाउने पुर्व विद्यार्थिहरुलाइनै प्रमुख र विशिष्ठ अतिथि स्वीकारेर उनीहरुकै सफलताका कथालाइ बार्षिकोत्सवमा आत्मसात गरियो । प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले अआफ्नो क्षेत्रमा प्राप्त सफलता र विद्यालयमा अध्ययन गर्दाको मेहनतलाइ बार्षिकोत्सवमा साटासाट गरे । ‘जनप्रतिनिधि र राजनितिक दलका नेता तथा पेषागत संघसंगठनका नेताको मन्तव्यलाइ भन्दा पनि सफलताको कडिलाइ आत्मसात गर्न यो बार्षिकोत्सवमा हरेक क्षेत्रमा पहिचान बनाएका पुर्व विद्यार्थिलाइ प्रमुख र विशिष्ठ अतिथि बनाउने निधो गर्यौ’, सो विद्यालयका प्राचार्य वामदेव पोख्रेलले भने ।
विद्यालय सन्चालक समितिका अध्यक्ष गेहराज पौडेलको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि बनाइएका थिए, डा प्रभात रिजाल । उनी कक्षा ८ को जिल्लास्तरीय परीक्षामा जिल्ला प्रथम हुदै विसं २०६० शालमा सोहि विद्यालयबाट प्रथम श्रेणिमा एसएलसी परीक्षा उत्तिर्ण गरी त्रिभुवन विश्वविद्यालय शिक्ष्ाँण अस्पताल महाराजगन्जबाट छाज्ञबृत्तिमा एमविविएस उत्तिण गरे । दाङको घोराहीस्थीत साविकको राप्ती उपक्षेत्रीय अस्पताल हुदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुइ बर्ष सेवागरी फेरी भारतको अल इण्डिया इन्स्टिीच्युट अफ मेडिकल साइन्सको छात्रबृत्तिमा इन्टरनल मेडिसिनमा एम डि तहको पढाइ पुरा गरेर नेपाल फर्केका छन् । विशिष्ठ अतिथि बनेकि गिता घिमिरे २०६० व्याचकि हुन् । उनी अहिले नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डिमा सहायक प्रशाशकका रुपमा कार्यरत छिन् । अर्का विशिष्ठ अतिथि अच्युत पौडेलले लोकसेवामा नाम निकालेर लिफ्ट सिचाइ कार्यालय चितवनमा इन्जिनियरका रुपमा कार्यरत छन् । सुस्मीता पन्थी ०६८ व्याचकि हुन् । उनी अहिले लोकसेवामा नाम निकालेर भैरहवास्थीत लुम्विनी अन्तराष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलरका रुपमा कार्यरत छिन् । पुर्व विद्यार्थि तथा अर्का विशिष्ठ अतिथि विभु शर्मा नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय आयुर्वेद विद्यपिठमा कविराज पदमा कार्यरत छन् । सोहि विद्यालयकै केशव पन्थी तुलसीपुरस्थीत एनएमवी बैंकको एउटा शाखाको प्रमुख छन् । २०६९ व्याचकि आरती बस्नेत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ इन्चार्जका रुपमा कार्यरत छिन् । अर्का विशिष्ठ अतिथि कविता पुन धौलागिरी प्राविधिक शिक्षालय मुस्ताङमा भेटनरी विषयको सहायक प्रशिक्ष्ँक छिन् ।
कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ठ अतिथि सवैले सो विद्यालयको विगतको अनुभव सुनाए । एक डेढ घण्टा पैदल हिडेर विद्यालय पढ्ने गरेका उनीहरुले अहिले विद्यालयमा भएको परीवर्तनले पठनपाठनमा सहज भएको पनि अभिव्यत्तिः दिदै विद्यालय परीवार प्रति आभार पनि प्रकट गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा प्रभात पोख्रेलले पढाइलाइ समयानुकुल विद्यार्थिको रुची र भावना बुझेर अगाडि लैजानुपर्ने सुझाव राखे । विद्यार्थिको शिकाइमा कुनै पनि अभिभावकलाइ हतोत्साहित नहुन र विद्यार्थिको रुचि पहिचान गरेर सोहि क्षेत्रमा मार्ग निर्माण गरीदिन शिक्षकहरुलाइ उनले सुझाव दिए ।
विद्यालयका सन्चालक सदस्य केशवराज रिजालको स्वागत मन्तव्यबाट सुरु भएको बार्षिकोत्सव कार्यक्रममा विद्यालयको समग्र बार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक वामदेव पोख्रेलले प्रस्तुत गरेका थिए । सो अवसरमा अभिभावकहरु डिल्ली डांगि, कल्पना अर्याल, विद्यार्थिहरु माहिरा रिजाल, प्रिन्सु डांगी, विप्लव बस्नेत, रोहित भण्डारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विसं २०७९को व्याच टपर विद्या घिमिरेलाइ सम्मान गरिएको थियो भने समग्र क्षेत्रमा फोर्टिनाइन स्टारका रुपमा कक्षा ९ कि छाज्ञा शिखा न्यौपानेलाइ पनि सम्मान गरिएको थियो । सो अवसरमा विद्यालयमा उत्कृष्ठ शैक्षिक नतिजा ल्याउने विभिन्न कक्षाका छाज्ञछात्रा एवं बार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थिहरुलाइ पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा एक दर्जन भन्दा बढि गित नृत्यहरु प्रस्तुत गरिएका थिए । बार्षिकोत्सव कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक श्रीधर रिजालले गरेका थिए ।
तस्वीर राकेश बस्नेतको मेलबाट आएको छ ।