तुलसीपुर, माग २७। नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिकाका उपाध्यक्ष केशवराज भुसालमाथि आक्रमण गर्नेहरु माथि नेपाल तरुण दल दाङले कारबाहीको माग गरेको छ ।
तरुण दलका दाङ जिल्ला अध्यक्ष टीका घर्तीले शुक्रबार बिज्ञप्ती मार्फत मंगलबार दिउँसो तुलसीपुरस्थित ‘द पार्क क्याफेमा’ खाना खाइ रहेको समयमा तुलसीपुर नगर उपाध्यक्ष भुसाल माथि सांघातिक आक्रमण गर्ने जितेन्द्र वली र असिमसिंह राठोरमाथि कारबाहीको माग गरेका छन् ।
तरुण दलका नगर उपाध्यक्ष भुसाल माथि आक्रमणमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरि कानुनी कारबाही नगरेसम्म नेपाल तरुण दल चुप लागेर नबस्ने चेतावनी दिइएको छ ।
पीडित भुसालले आँफुमाथि राजनीतिक रिसिबीका कारण सांघातिक रुपमा आक्रमण भएको भन्दै आक्रमणमा संलग्न ब्यक्तिहरुलाई कारबाहीको माग गर्दै आएका छन् ।
प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार