२०८० फाल्गुन १२ गते शनिवार

तुलसीपुरको कार्यपालिका बैठक आज बस्दै

प्रत्येक वडालाई थप ४० लाख बजेट



तुलसीपुर, माघ २६ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्ने भएको छ ।


मेयर टीकाराम खड्काले शुक्रबार कार्यपालिका बैठक बस्ने लागेको जानकारी दिएका हुन । यसअघि मेयर खड्का र वडाध्यक्ष तथा प्रबक्ता माधव वलीका बीचमा तयारी बैठकमा नोकझोक भएको भनिएको थियो । कर संकलनको बिषयमा उत्पन्न बिबाद पछि मेयर खड्काले उपमेयर श्यानी चौधरीको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय भएको जानकारी दिए ।

‘ करको बारेमा उपमेयर चौधरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ,’ उनले भने ‘म कुनै दल वा बादका नाममा कसैको पनि गलत कुरामा छुट दिनु पर्छ भन्नेमा छैन ।’
उनले आँफु निर्वाचित भएर आएपछि सबैको साझा भएको तथा सबैको हितमा काम गर्नुपर्ने ब्यक्तिको हैसियतले सामुहिक हितमा प्रस्तुत हुने धर्म हुने बताएका थिए ।


त्यस्तै मेयर खड्काले आगामी असार मसान्तसम्म खर्च गर्ने गरि हरेक वडालाई थप ४० लाख बजेट दिने निर्णय भएको पनि बताए ।
‘वडाध्यक्षले केहीगर्न पाएनौं भन्ने गुणासो गर्नु भयो,’ मेयर खड्काले भने ‘ त्यसैले असार मसान्तसम्म बिकासमा खर्च गर्ने गरि थप ४० लाख दिने सहमति गरिएको हो ।’


अघिल्ला मेयर घनश्याम पाण्डेको पालाको दायित्व (ऋण) मुक्त हुनुको परिणाम पनि थप ४० लाख वडाहरुमा दिन संभव भएको स्रोतले बतायो । ‘ ऋण मुक्त हुँदाको यो खुसियाली हो,’ स्रोतले भन्यो ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *