२०८० फाल्गुन १२ गते शनिवार

केशवराज भुसालमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

तुलसीपुर, माग २४ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिकाका उपाध्यक्ष केशवराज भुसालमाथि आक्रमण भएको भन्दै दोषी माथि कारबाहीको माग गरिएको छ ।

तरुण दल तुलसीपुरका कार्यबहाक अध्यक्ष सुरेन्द्रसिंह राठौरले बुधबार बिज्ञप्ती जारी गर्दै मंगलबार दिउँसो तुलसीपुरस्थित ‘द पार्क क्याफेमा’ खाना खाइ रहेको समयमा तुलसीपुर नगर उपाध्यक्ष भुसाल माथि सांघातिक आक्रमण भएको उल्लेख गरेका छन् ।
तुलसीपुरका युवाहरु जितेन्द्र वली र असिमसिंह राठोरसहितको टोलीले त्यसरी सांघातिक रुपमा भुसालमाथि आक्रमण गरेको बिज्ञप्तिमा उल्लेख छ ।


सांघातिक आक्रमणमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरि कानुनी कारबाही नगरेसम्म नेपाल तरुण दल जस्तो सुकै मुल्य चुकाउनपनि तयार रहेको बिज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले भुसाल माथि भएको कुटपिट तथा आक्रमणको घटनाबारे अनुसन्धान भइ रहेको बताए । इप्रकाका प्रबक्ता नवचन्द्र मल्लले पीडित भनिएका भुसालले प्रहरीमा ठाडो उजुरी मंगलबार नै दिएको फरककोणलाई बताए ।


‘पीडित भनिएका भुसालले लिखित रुपमा जाहेरी लिएर भोलि आउँछौं भन्नु भएपनि बुधबारपनि उहाँको लिखित उजुरी परेको छैन,’ प्रहरी निरीक्षक मल्लले भने ‘ घटना बारे थप अनुसन्धान हुन बाँकी नै छ ।’


पीडित भुसालले आँफुमाथि राजनीतिक रिसिबीका कारण सांघातिक रुपमा आक्रमण भएको भन्दै आक्रमणमा संलग्न ब्यक्तिहरुलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *