२०८० फाल्गुन २० गते आइतवार

तुलसीपुर महायज्ञ सकिएपनि दान दिने क्रम जारी

तुलसीपुर, माघ २२ । मानव सेवा आश्रम निर्माणार्थ तुलसीपुरमा लगाइएको माहायज्ञ दुई दिन पहिले सकिए पनि दान दिने क्रम भने जारी छ ।


माघ १३ गतेदेखि सुरु भएको माहायज्ञ २० गते सकिएको थियो ।
तर, सोमवारपनि बिभिन्न दाताहरुले दान गरेको महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लिबहादुर बस्नतले जानकारी दिए ।

तुलसीपुर उप–महानगरपालिका १३ बखरिया घर भइ हाल अमेरिका बस्ने टार्गेट कुसारीले नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैंइा दान गरेका छन् ।

जिजु बुवा धन्जे कुसारी, जिजु आम गम्भिरी कुसारी, स्वर्गिय सानिआमा पुर्णिमा बस्नेत कुसारीको पुण्य स्मृति तथा हजुर बुवा रनविर कुसारी र हजुर आमा मोति कुसारीको सम्मानमा कुसारीले उक्त दानन गरेको बताइएको छ ।

त्यस्तै तुलसीपुर – ५ का दिपन्द्रकुमार श्रेष्ठले ४९ हजार ६ सय, तुलसिपुर– ५ कै तुलसीराम सुनारले २५ हजार एक सय पाँच, तुलसीपुर– ६ का मोहन लम्सालले १५ हजार एक रुपैयाँ, तुलसीपुरकी निमा वली थापाले १५ हजार पाँच रुपैं्या, नव दुर्गा सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर ८ र ९ ले १५ हजार एक सय र घोराहीका गंगाराम पोख्रेलले दूई दुई हजार पाच सय ५५ रुपैंया दान गरेका छन् ।


सोमवारदेखि नै दान पेटिकाको रकम मानवसेवा आश्रमको कर्यालयमा गनना गरियो ।
आठ वटा दान पेटीकामा चार लाख ४२ हजार दुई सय ३३ रुपैंया प्राप्त भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुष्मा गिरीले जानकारी दिइन ।

दान पेटीकाको रकम र दाताहरुले प्रत्यक्ष रुपमा प्रतिबद्धता जनाएको थप पाँच करोड नौं लाख १६ हजार तीन सय ९३ रुपैंया गरि कुल पाँच करोड १३ लाख ५८ हजार ६ सय २६ रुपैया संकलन भएको आयोजकले जानकारी दिएको छ । उक्त रकमबाट आगामी दुई बर्ष भित्र मै मानव स्मारक निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *