दाङ, माघ २२ । तुलसीपुरका एक ब्यक्ति चेक अनादर मुद्दामा पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ८ नयाँ बस्तिका ४५ बर्षीय उमेन्द्रबहादुर वली पक्राउ परेका हुन ।
चेक अनादर मुद्दामा जिल्ला अदालतले २०५९÷०५ ÷ ०६गते दुई बर्ष कैद सजाएको फैसला सुनाएको थियो । त्यसयता वली फरारको सूचीमा थिए ।
खोजतलास गर्ने क्रममा घोराही उपमहाानगरपालिका – १६ लेटार गाउँमा लुकिछिपी बसेको अवस्थामा उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले बताए ।
वलीलाई सोमबार अदालतमा पेश गरिएको र अदालतको आदेशले फैसला कार्यान्वयका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार