२०८२ असार ५ गते शुक्रवार

अर्थमन्त्री मास्कीसहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटे

दाङ, १६ माघ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीसहितको टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेको छ ।

अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा, पूर्वाधार विकास प्राधिकरणका प्रमुख छबि पोख्रेलसहितको टोलीले भेटघाट गरि राजधानी ब्यबस्थापनका लागि बजेट माग गरेका हुन् ।

राप्ती गाउँपालिका अध्यक्ष विष्टका अनुसार प्रदेशको ब्यबस्थापनकालागि २५ अर्ब जति बजेट आबश्यक पर्ने भएकाले सोही अनुसारको बजेट ब्यबस्थापनकालागि छलफल भएको बताए ।
ऋण लिएर भएपनि राजधानी ब्यबस्थापन गर्नका लागि संघीय सरकारसंग सहमति लिनुपर्ने भएकाले सोही प्रक्रिया अगाडी बढाउन पनि भेटघाट गरिएको मास्कीले बताए ।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *