२०८२ जेष्ठ ३० गते शुक्रवार

बृहतको कार्यालय रझेनामा स्थान्तरण गर्न


तुलसीपुर, माघ १५ । बृहत दाङ उपत्यका सिंचाइ आयोजना तुलसीपुर दाङको आफ्नै सुबिधा सम्पन्न कार्यालय भवन निर्माण पुरा भएको छ । तुलसीपुर उपमहमानगरपालिका– १२ रझेना र हरिपौराको सीमानामा झन्डै १५ कठ्ठा क्षेत्रफलमा चार तले आधुनिक भवन यसअघि नै निर्माण पुरा भएको भइ सकेको छ ।

तर, कार्यालय भवनसम्म बिद्युत बिस्तार गर्नु पर्ने भएको हुँदा कार्यालय स्थान्तरणमा केही ढिलाई हुन गएको हो । नयाँ ट्रान्पफर्मर स्थापनादेखि बिद्युत लाइन बिस्तारको काम हाल धमाधम भइरहेको छ । त्यो काम अन्तिम चरणमा पुगेको हुँदा फागुन अन्तिमसम्म कार्यालय स्थान्तरण गरि सक्ने आन्तरिक तयारी गरिएको छ ।


फागुन महिना भित्रै नयाँ कार्यालय भवन बाटै काम सुरु गर्ने अन्तिम तयारी गरिएको कार्यालय प्रमुख विराट ज्ञवालीले जाकारी दिए ।

साविक टरिगाँउ गाबिस – ३ र हालको तुलसीपुर उपमहमानगरपालिका– १२ रझेना र हरिपौराको सीमानामा पर्ने जग्गा २५ बिगाहा भन्दा बढी (हदबन्दी भन्दा बढी) भएपछि हरिपौरी निवासी शारदा शर्माले झन्डै ५० बर्ष अगाडि ३० कठ्ठा जग्गा छोडेकी थिइन ।


३० कठ्ठा जग्गा मध्ये मोही उदयबहादुर भण्डारीले २०६१ सालमा आधा जग्गा आफ्नो नाममा लिइ सकेका थिए । बाँकी निकास विनाको बेवारिसे करिब १५ कठ्ठा जग्गापनि उनैले प्रयोग गर्दै आइरहेका थिए । त्यो तथ्य तथ्य बुझेका स्थानीय बासी तथा बृहतकै कर्मचारी शान्तराज गौतमले पहल गरि करोड बढी मुल्यको १५ कठ्ठा जग्गा दाङ उपत्यका सिंचाइ आयोजनाको नाममा ल्याइएको थियो ।

२०७८ सालमा समाजसेवी तथा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि गोलौरा निवासी गोविन्दबहादुर शाहले बाटो निकासका लागि ९७ मिटर चौडाई, १२६ मिटर लम्बाइ भएको २ कठ्ठा १२ धुर जग्गा निशुल्क उपलब्ध गराएपछि उक्त जग्गाले बाटोको निकास पाएको हो ।

स्थानीय बासी तथा कर्मचारी शान्तराज गौतमको पहल र काँग्रेसका युवा नेता शाहले आफ्नो जग्गा काटेर बाटो खोल्न अनुमति दिएपछि त्यहाँ बृहत दाङ उपत्यका सिंचाइ आयोजनाको भवन निर्माण गर्ने बाटो खुलेको थियो ।

हाल तुलसीपुर – ६ डुर्मीगाँउमा रहेको कार्यालय कार्यालय आफ्नै नव निर्मित चार तले भवनमा गएमा मासिक रुपमा तिर्दै आएको ५० हजार भाडा तिर्नुपर्ने बाध्यता रहने छैन ।


जसले गर्दा राज्यको घरभाडा बापतको खर्च कटौती हुनेछ । त्यति मात्रै हाल कार्यालय ब्यक्तिगत प्रयोजका लागि निर्मित भवन भाडामा लिएर सेवा प्रवाह भइरहेको हुँदा सेवा प्रवाहमा समेत कठिन हुँदै आएको हुँदा आफ्नै भवनबाट सेवा सुरु गर्दा सेवा प्रवाहमा सहजता थपिने कर्मचारीहरु बताउने गर्छन ।


निर्माण कम्पनी कामाख्य कन्ट्रक्सन काठमाडौले चार करोडमा ठेक्का सकारेको भवन २०७९ असार २५ गते जग पुजन गरि सुरु गरेको थियोे ।

करिब १८ महिना भित्र भवन सम्पन्न गरि हस्तान्तरण गर्ने अन्तिम चरणमा रहेको छ ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *