२०८२ असार ४ गते बिहिवार

कोहलपुरमा बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु

दाङ, माघ ११ । बाँकेमा बस र ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।


ट्रकका सहचालक रुपन्देहीको देवदह नगरपालिका – ६ खैरेनिका ३५ बर्षीय रामकृष्ण गोतामेको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बिहान कोहलपुर नगरपालिका – १४ पार्वतीपुरस्थित सडकमा भे १ ख ४०३३ नम्बरको मिनी बस र ना ५ ख ६५६६ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए ।

तीन घाइते मध्य दुर्घटनाका गम्भीर घाइते गोतामेको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । थप दुई जना घाइतेको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *