२०८२ जेष्ठ ३० गते शुक्रवार

लमही नगरपालिकाले गर्यो ११ जना जेष्ठ नागरिकलाई सम्मान


लमही,माघ १० । लमही नगरपालिकाले ११ जना जेष्ठ नागरिक सम्मान गरेको छ ।

लमही नगरपालिका महिला तथा बालबालिका शाखाद्वारा आयोजित जेष्ठ नागरिक सम्मान र हक अधिकार सम्बन्धमा सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रममा समाजमा विशेष कार्य गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

समानित हुनेहरुमा लमही नगरपालिका-१ का ८३ वर्षीय टोपाराम जैशी, वडा नम्बर २ का ९५ वर्षीय हरिप्रसाद चौधरी, वडा नम्बर ३ का ७४ वर्षीय पुनाराम अधिकारी, वडा नम्बर ४ का ८६ वर्षीय कृपाराम चौधरी, वडा नम्बर ५ का ७८ वर्षीय छविलाल चौधरी, वडा नम्बर ६ क ८९ वर्षीय इन्द्रमणी धिताल, वडा नम्बर ७ का ७४ वर्षीय मोहन बहादुर बुढा मगर, वडा नम्बर ८ का एका कुमारी योगी, वडा नम्बर ९ का ७० वर्षिय धन बहादुर पुलामी रहेका छन ।

त्यसैगरी हिज मंगलबार नगरपालिकामा आयोजित सम्मान कार्यक्रममा अति विशिष्ट दुई जना व्यक्तिलाई पनि सम्मान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मेनका खड्काले जानकारी दिए ।

लमही नगरपालिका-१ का ८६ वर्षीय सोमनाथ पन्थी र वडा नम्बर ४ का ८८ वर्षीय दामोदर न्यौपाने सम्मानित भएका छन ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख मेनका खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *