२०८२ असार ६ गते शनिवार

बिरेन्द्र नमुना मावि हेकुलीले जित्यो रनिङ शिल्ड


लक्ष्मण बस्नेत,तुलसीपुर,माघ ९ । दंगीशरण गाउँपालिका अन्तर बिधालय स्तरिय छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी बिरेन्द्र नमुना मावी हेकुलीले जितेको छ ।

दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा तीन दिन सम्म संचालित प्रतियोगितामा १२ स्वर्ण, ५ रजत र ५ कास्य पदक हात पार्दै बिरेन्द्र माबी ले रनिङ शिल्ड जितेको हो ।

यस अधि लगातार तीन वर्ष जित निकाल्दै रनिङ कब्जा गरेको बिरेन्द्र माबिले यस वर्ष पनि शिल्ड जित्दै नगद २० हजार हात पारेको छ ।

यस्तै जनता माबी बुटुनियाले ७ स्वर्ण, ७ रजत र ४ कास्य पदकका साथ द्वितिय भयो । उसले नगद १५ हजार हात पार्‍यो । त्यस्तै सिद्ध पृथ्वी माबी श्रीगाउ ४ स्वर्ण, ४ रजत र ४ कास्य पदकका साथ तृतीय भयो । उसले नगद १० हजार पार्‍यो ।

प्रतियोगितामा श्रीगाउ लाईफ भिजन ३ स्वर्ण,५ रजत र २ कास्य पदकका साथ सान्त्वना भयो ।
तिन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डका १३ ईभेन्ट्स र भलिबल, कबडी छात्रा/ छात्रमा कडा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा पालिकाका संस्थागत तथा सामुदायीक गरि ८ बिधालयको सहभागिता रहेको सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिए ।

प्रतियोगिताको समापन समारोह दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिको अध्यक्षतामा भएको थियो ।

सो अबसरमा बिजेता बिधालय,खेलाडी तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने एथलेटिक्स छात्रा तर्फ बिरेन्द्र माबी हेकुलीका नेत्रा डागि,छात्र तर्फ जनता माबी बुटुनियाका नारायण लामिछाने, कबड्डि छात्र तर्फ बिरेन्द्र माबी हेकुलिका ईन्द्र राना,
छात्रा बिरेन्द्र माबिकै प्रमिला न्यौपाने, भलिबल छात्रा तर्फ माबी श्रीगाउका हुर्मती वलि,छात्र तर्फ भानु माबी प्रसडुवाका जगत सिह खड्का लाई गाउँ पालिका अध्यक्ष शम्भु गिरि, उपाध्यक्ष पिमा वलि खड्का,शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी, जिल्ला खेलकुद बिकास समितिका सदस्य सन्तोष वलि,गाउँपालिकाका प्राबिधिक सहायक उमा केसि,बिरेन्द्र माबी बिधालय ब्यबस्थापन समितिका अध्यक्ष ओम नारायण चौधरी, प्रधानाध्यापक खिमराज खनाल, शिक्षक सिताराम भन्डारी लगाएतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको संचालन गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *