दाङ, माघ ९ । सल्यानको छत्रेश्वरी गाउँपालिका –५ का २३ बर्षीय मोहन पुनले २८ बर्षीया सीमा कवरलाई हत्या गरेको अनुसन्धान बाट खुलेको छ ।
शारद नगरपालिका – १२ मा घर भएकी सीमा आफ्ना श्रीमानलाई झारफुक गराउन जान्छु भन्दै मंसिर १० गतेदेखि मोहनसंग उनको घरमा बस्दै आएकी थिइन ।
सीमाका श्रीमान कमाउनका लागि कास्कीको पोखरामा छन् । उनीहरुको बिहे केही बर्ष पहिले भएपनि सञ्तान भने थिएनन् । सीमाले श्रीमानसंग पैंशा मागेर जिल्लाको त्रिवेणी गाउँपालिका – ४ स्थित माइती गाउँमा गएर त्यसैका लागि झारफुक तथा उपचार गराउने बताएकी थिइन । तर, उनी माइती घर नगइ मोहनसंग बस्दै आएकी थिइन ।
इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार मोहनले सीमा बिवाहित महिला हुन भन्ने थाहाँ पाएपछि आबेगमा आइ कटपिट गरि हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इप्रका लुहामको प्रहरी हिरासतमा रहका मोहनमाथि थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।