तुलसीपुर, माघ ८ । तुलसीपुरको बिष्णु चलिचित्र मन्दिर भत्काउन थालिएको छ ।
एक हप्ता अगाडिदेखि यो सिनेमा हल धत्काउने क्रम सुरु भएको हो । यो पुरै धप्काइने भएको छ ।
अहिलेको पुरै संरचना धप्काउन कम्तिमा पनि दुई अढाई महिना लाग्ने अनुमान गरिएको छ । बिक्रम संवत २०५२ सालमा यो चलचित्र मन्दिर निर्माण गरिएको थियो ।
पुरानो संरचना भएका कारण यस्लाई भत्काउनु परेको उद्योगपति तथा सिनेमा हलका एक मालिक उत्तमकुमार श्रेष्ठले फरककोणलाई बताए ।
यो सिनेमा हल तीन दाजु भाइको नाममा छ । उद्योग पति तोरणध्वज श्रेष्ठ, उत्तमकुमार श्रेष्ठ र अभिनेता अर्जुन श्रेष्ठ गरि तीन भाइको नाममा छ । यो सिनेमा हल पुरै भत्काएर नयाँ र आधुनिक संरचना निर्माण गरिने उत्तमकुमार श्रेष्ठले बताए ।
उत्तमका अनुसार सिनेमा हल बन्द गरि भत्काउन थालिएको जानकारी दिए । संरचना भत्काइ सकेपछि नयाँ संरचना निर्माण गरि सकेपछि त्यसमा होटेल वा सिनेमा हल के संचालन गर्ने भन्ने कुरा तीन भाइको राय सल्लाह अनुसार अगाडि बढ्ने श्रेष्ठले जानकारी दिए ।
तुलसीपुरका दुई सिनेमा हल मध्य ऊं शान्ति सिनेमा हलपनि लामो समयदेखि बन्द रहँदै आएको छ । पछिल्लो समय पुराना पर्दाका हलहरुमा दर्शक जान छोडेपछि हलहरु बन्द हुँदै गएका हुन ।
तस्बिर : फरककोण ।