२०८० फाल्गुन १२ गते शनिवार

दंगीशरण-१ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


प्रमोद आचार्य ,दंगीशरण,माघ ८ । स्वास्थ्य कार्यालय दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वयमा एक दिने निशुल्क स्वास्थ्य शिविर वडा न १ को आधारभुत स्वास्थ्य केन्द्र रामपुरमा सम्पन्न भएको छ ।

४० बर्ष उमेर समुह देखी माथिका ब्यक्तीहरुका लागी निशुल्क स्वास्थ्य सेवा, परामर्श सहितको शिविर राखिएको वडा न.१ का वडा अध्यक्ष रमेश भण्डारीले बताए ।

ग्रामिण भेग त्यसमा पनि स्वास्थ्यको पहुँच बाट टाढा रहेका ४० बर्ष माथिकाहरुका लागी चेकजाँच सहितको शिविर राखिएको अध्यक्ष भण्डारीले बताए ।

शिविरमा मधुमेह ,उच्च रक्तचाप ,तथा पिसावद्वरा मृगौला रोगको परिक्षण सम्बन्धि स्कृनिङ लगायतको सेवा प्रदान गरिएको थियो ।

शिविरबाट १ सय ४५ जनाले निशुल्क स्वास्थ्य सेवा लिएको स्वास्थ्य साखा दंगीशरणका प्रमुख प्रदिप योगिले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *