२०८० फाल्गुन १२ गते शनिवार

आज मध्य रातिदेखि चुनाव प्रचार प्रशार गर्न नपाइने

दाङ, माघ ८ । निर्वाचन आयोगले आज मध्यरातिदेखि चुनाब प्रचार प्रशार गर्न नपाइने निर्णय सार्वजनिक गरेको छ ।

माघ ११ गते रिक्त स्थानका लागि हुने थालेको राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले चुनाबी मध्य रातिदेखि प्रचार प्रसार गर्न नपाइने गरि रोक लगाएको हो ।

निर्वाचन नसकिएसम्म कुनैपनि चुनाबी प्रचार प्रचार गर्न नपाउने गरि आयोगले प्रतिबन्ध लगाएको हो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्यका साथै स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्न पाउने छन् ।

त्यसका लागि सात वटै प्रदेशका मतदान केन्द्रहरुमा माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *