२०८२ असार ७ गते आइतवार

रिहार नजिकै बस दुर्घटना – दुई जनाको मृत्यु

दाङ, माघ ८ । दाङको रिहार नजिकै बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बर्दियाबाट काठमाडौं जाँदै गरेको बस दाङमा परि बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।


चालक घाइते छन् । उनको दाँयाँ हात भाँचिएको र उपचारका लागि नेपालगंज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको रात्री बस लमही नगरपालिका – ९ रिहार प्रहरी चौकी भन्दा चार किलोमिटर पश्चिमको जंगल क्षेत्रमा राति साढे ११ बजेतिर दुर्घटनामा परेको जानकारी दिए ।

भित्तामा बस ठोक्किएको छ । चालक निदाएको हुँदा उक्त दुर्घटना भएको आशंका प्रहरीले गरेको छ ।
बस भित्तामा ठोक्किन थालेपछि झ्यालबाट हाम फाल्न खोज्ने दुई जनाको च्यापिएर मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ ।

बसमा सवार अन्य यात्रु भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । दुबै शब पोष्ट मार्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ ।


पुस २८ गते राति बाँकेको नेपालगंजबाट काठमाडौं जाँदै गरेको बस दाङको राप्ती गाउँपालिका – १ भालुवाङस्थित राप्ती पुलबाट खस्दा १२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *