२०८० फाल्गुन १२ गते शनिवार

सुतिरहेको समयमा १४ बर्षीय निर्मलको हत्या

दाङ, माघ ७ । रूकुम पश्चिममा रोल्पाका एक जना किशोरको हत्या भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका पाछावाङका – १४ वर्षीय निर्मल डाँगीको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ । आइतबार दिउँसो ४ बजेतिर रुकुम पश्चिमको मुसिकोट नगरपालिका – ११ काफलडाँडाका ३२ वर्षीय चन्द्रबहादुर पुनले गरेका थिए ।

निर्मल सुतिरहेको समयमा कोठामै गइ धारिलो हतियारले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

प्रहरी अधिकारीका अनुसार पुनको मानसिक स्थिति ठिक नभएको स्थानीयले बताएका छन् । उनको खुकुरी प्रहारबाट अर्का एक ब्यक्तिपनि घाइते भएका छन् ।
पुनलाई नियन्त्रण पछि स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पताल सल्ले पठाइएको छ ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *